मेनु
सङ्क्षिप्त विवरण सूचना
प्रतिवेदन health_and_safetyदावी policyबीमालेख र बीमाशुल्क inventory_2बीमा योजना feedbackगुनासो account_balanceवित्तीय hubशाखा सञ्जाल
location_onशाखा सञ्जाल percentबोनस दर
dashboard सङ्क्षिप्त विवरण health_and_safety दावी policy बीमालेख र बीमाशुल्क inventory_2 बीमा योजना feedback गुनासो account_balance वित्तीय hub शाखा सञ्जाल र अभिकर्ता

सक्रिय बीमा योजनाहरू 14

calculate बीमाशुल्क क्याल्कुलेटर

हालको बीमा योजनाहरूको विवरण।

जीवन सुरक्षा जीवन बीमा
5

जीवन सुरक्षा जीवन बीमा

विवरण

“सुरक्षासँगै आर्थिक सहजता, जीवन बीमाको प्रतिबद्धता।” न्यूनतम प्रवेश उमेर १८ र अधिकतम प्रवेश उमेर ६५ वर्ष तथा जीवन बीमाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि ५२ वर्षसम्मको हुनेछ भने अधिकतम अवधि भुक्तानी उमेर ७० वर्ष हुनेछ । न्यूनतम बीमाङ्क रू. १,००,०००/- तथा आयश्रोत र आवश्यकताको आधारमा अधिकतम बीमाङ्क रकम कायम गर्न सकिनेछ । बीमाङ्क रु. २,००,०००/- सम्मको बीमा गर्दा बीमाशुल्कमा कुनै छुट नभएको, बीमाङ्क रू. २,००,००१/- देखि ५,००,०००/- सम्मको बीमा गर्दा बीमाशुल्कमा रू. १/- प्रतिहजार तथा बीमाङ्क रु. ५,००,००१/- भन्दा बढीको बीमा गर्दा बीमाशुल्कमा रू. २/- प्रतिहजार छुटको व्यवस्था गरिएको छ । वार्षिक र अर्धवार्षिक रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । यस्तो बीमाशुल्क भुक्तानीमा विशेष छुट समेत कायम गरिएको छ, जसअन्तर्गत वार्षिक भुक्तानीमा २% र अर्धवार्षिक भुक्तानीमा १% छुट हुनेछ । साथै अर्धवार्षिक भुक्तानीमा ३% थप शुल्क लाग्नेछ । बीमालेख प्रारम्भ भएको तीन वर्षको बीमाशुल्क भुक्तानी पछि बीमितले चाहेमा समर्पण मूल्यको ९०% सम्म बीमालेख धितो राखी कर्जा लिन सकिनेछ । बीमालेख चालू रहन्जेल यो सुविधाको उपभोग पटक-पटक गर्न पाइनेछ । कर्जाको ब्याजदर कम्पनीको प्रचलन अनुसार कायम हुनेछ। यस योजनामा रु. १ प्रति हजार बीमाशुल्क थप तिरेर बीमाङ्क बराबर वा रु.७५,००,०००/- सम्म दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit) को फाइदा लिन सकिनेछ ।

बाल शैक्षिक योजना बीमालेख
17

बाल शैक्षिक योजना बीमालेख

विवरण

“शिक्षाको निरन्तरता, भविष्यको सुनिश्चितता।” बालबालिकाहरुको शिक्षाको लागि आर्थिक श्रोतको जोहो गर्न, अविभावको अनुपस्थितिमा बालवालिकाको शैक्षिक क्रियाकलाप तथा अन्य दैनिक सुविधालाई निरन्तरता कायम गर्न सकोस र प्रस्तावकको समेत अनिवार्य रुपमा जोखिम वहन हुने यो जीवन बीमा योजनाको मूख्य अभिप्राय रहेको छ । जस्तो सुकै परिस्थितिमा पनि बालवालिकाले गुणस्तरीय शिक्षा हासिल गर्न तथा दैनिक जीवन-यापनामा सहयोग पुगोस् भन्ने उद्धेश्यले बालवालिकाको सावधिक जीवन बीमा “बाल शैक्षिक योजना” प्रचलनमा ल्याइएको हो । “बाल शैक्षिक योजना” का विशेषताहरु न्यूनतम बीमाङ्कः रु.२५,०००/- देखि अधिकतम रु.५०,००,०००/- सम्म न्यूनतम प्रवेश उमेरः ० वर्ष देखि अधिकतम प्रवेश उमेरः १७ वर्ष सम्म। न्यूनतम बीमा अवधिः 10 वर्ष देखि अधिकतम २५ वर्ष सम्म। बीमाशुल्क भुक्तानीको तरिकाः वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक । जोखिम बहनः प्रस्तावकको समेत अनिवार्य रुपमा जोखिम वहन हुने। जोखिम बहन प्रारम्भः बीमालेखको वार्षिकोत्सवमा बीमितको उमेर ६ वर्ष पूरा भएको मिति तथा बीमा प्रारम्भ भएको २ वर्ष पुरा भएको मिति (जुनपछि आउँछ) यस बीमालेखको बीमितको जोखिम बहन प्रारम्भ मिति हुने। Rider (अतिरिक्त पूरक करार) सुविधा : बीमाशुल्क तिर्नु नपर्ने Premium Waiver Benefit (PWB), मासिक आम्दानी सुविधा Monthly Income Benefit (MIB) पूर्ण स्थायी अशक्तता सुविधा Permanent Total Disability (PTD) । बीमाशुल्क भुक्तानीमा छुटः वार्षिक भुक्तानीमा बीमाशुल्कको २ प्रतिशत र अर्धवार्षिक भुक्तानीमा १ प्रतिशत छुट , त्रैमासिक र मासिक भुक्तानीमा छुट नभएको। बीमाङ्कको आधारमा बीमाशुल्कमा छुटः रु २ लाखसम्म छुट नभएको , रु २ लाख १ देखि पाँच लाख बीमाङ्कसम्म बीमाशुल्कको दरमा रु १ र रु. ५ लाखभन्दा माथिको बीमाङ्कमा बीमाशुल्कको दरमा रु. २ छुटको व्यवस्था भएको । अवधि भुक्तानी लाभः बीमालेखको अवधि समाप्तिसम्म बीमालेख निरन्तर रही बीमित जीवित नै रहेमा बिमाङ्क र आर्जित बोनस भुक्तानी गरिने । समर्पण मूल्य भएको बीमालेखमा कर्जा उपलब्ध गर्न सकिने छ । कर्जाको रकम समर्पण मूल्यको ९० प्रतिशत वा बीमाङ्ककको २५ प्रतिशत र आर्जित बोनस मध्ये जुन कम हुन्छ सो रकम प्रदान गरिने छ । यस किसिमको कर्जामा कम्पनीले निर्धारण गरेबमोजिमको दरमा ब्याज लगाइने छ । यदि कुनै अवस्थामा कर्जा रकम र तिर्न बाँकी ब्याज समर्पण मूल्यभन्दा बढी भएमा बीमालेख जफत हुने छ । दावीको व्यवस्था : क. जोखिम बहन शुरु नहुदै बीमितको मृत्यु भएमा बीमाबापत बुझाएको सम्पूर्ण बीमाशुल्क भुक्तानी गरी बीमालेख बन्द गरिने । जोखिम बहन शुरु भइसकेपछि बीमितको मृत्यु भएमा आर्जित बोनस र बीमाङ्कको २५ प्रतिशत वा भुक्तानी भएको बीमाशुल्क मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी हुने। ख. प्रस्तवको बीमा अवधिभित्र जुनसुकै समयमा मृत्यु भएमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिइने र मासिक आम्दानी सुविधाबापत मासिक रुपमा बीमाङ्कको १ प्रतिशत रकम बीमाङ्कभन्दा बढी नहुने गरी बाँकी अवधिसम्म बीमित बालबालिकालाई प्रदान गरिने। ग. जोखिम बहन सुरु नभएको अवस्थामा बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमितको मृत्यु भएमा पूरक करार र अतिरिक्त बीमाशुल्कबाहेक भुक्तानी भएको र मिनाहा गरिएको सम्पूर्ण बीमाशुल्क नजिकको हकवालालाई फिर्ता गरिने र बीमालेख स्वतः अन्त्य हुने । घ. जोखिम बहन सुरु भइसकेको अवस्थामा बीमा अवधिभित्र प्रस्तावकको मुत्यु भएपश्चात बीमित बालबालिकाको समेत मुत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिने र बीमालेख स्वतः अन्त्य हुने। ङ. बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकैसाथ र एकै घटनाबाट मृत्यु भएमा प्रस्तावकको मृत्युबापत बीमाङ्क रकम तथा बीमित बालबालिकाको मृत्यु भएबापत आर्जित बोनस र बीमाङ्कको २५ प्रतिशत रकम नजिकको हकवालालाई भुक्तानी गरिनेछ ।

जीवन साथी संयुक्त जीवन बीमा
9

जीवन साथी संयुक्त जीवन बीमा

विवरण

“जीवनसाथीको साथ, सुरक्षाको हात।” यस योजनामा पति र पत्नी दुबैको बीमा हुने तर दुबैको आ-आफ्नो प्रस्ताव फाराम र व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरण फरक फरक भर्नुपर्नेछ । पति र पत्नीमध्ये कम उमेर भएको प्रस्तावकको उमेरमा दुबैको फरक उमेरलाई तोकिएको अङ्क जोडी बीमाशुल्क गणना गरिने व्यवस्था रहेको छ । यस योजनामा बीमालेखको अवधि समाप्त भएपछि पति र पत्नी दुबैले बीमाङ्क र बोनस एकमुष्ट रकम संयुक्त रूपमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि समाप्त हुनु अगावै एक बीमितको मृत्यु भएमा बीमाङ्क बराबरको रकम मृत्यु दाबीवापत जीवित बीमितले प्राप्त गर्नेछन् । त्यसपछि पनि सो बीमा कायमै रहनेछ तर बीमा शुल्क भुक्तानी गर्नुपर्ने छैन । यस योजनामा एक बीमितको मृत्युपछि पनि बोनस रकम चालू लेखाइने सर्त प्रदान गर्ने व्यवस्था रहेको छ । अवधि समाप्त भएपछि पूरा बीमाङ्क र बोनस एकमुष्ट रकम जीवित बीमितलाई भुक्तानी गरिनेछ। यदि बीमा अवधि समाप्त हुनु अगावै अर्को बीमितको पनि मृत्यु भएमा इच्छाइएको व्यक्ति र इच्छाइएको व्यक्ति नभए नजिकको हकवालालाई बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी गरिनेछ । बीमालेखमा सरिक हुन पाउने न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ५० वर्ष, न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष कायम गर्न सकिनेछ । यस योजनामा रू. १ प्रति हजार बीमाशुल्क थप तिरेर रू. ७५,००,०००/- सम्मको दुर्घटना मृत्यु लाभ (ADB) को सुविधा लिन सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ जसमा अर्धवार्षिक, त्रैमासिक र मासिक भुक्तानीमा क्रमश: ३%, ४% र ५% थप शुल्क लाग्नेछ । बीमा लागू भएको तीन वर्षको बीमाशुल्क भुक्तानी पछि समर्पण मूल्यको ९०% सम्म बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइनेछ । बीमालेख चालू रहन्जेल यो सुविधाको उपभोग पटक-पटक गर्न पाइनेछ । कर्जाको ब्याजदर कम्पनीको प्रचलन अनुसार कायम हुनेछ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा
7

अग्रिम भुक्तानी सावधिक जीवन बीमा

विवरण

“चरणबद्ध लाभसँगै सुरक्षित भविष्य। अग्रिम भुक्तानी जीवन बीमा योजना बीमितको जीवनकालमा बीमाङ्क रकमको निश्चित हिस्सा विभिन्न चरणमा प्राप्त गर्दै दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्ने जीवन बीमा योजना हो। यस योजनाले बीमितलाई बीमा अवधिभर आवश्यकता अनुसार चरणबद्ध आर्थिक लाभ प्रदान गर्नुका साथै बीमा अवधि समाप्त हुँदा बाँकी बीमाङ्क रकम तथा आर्जित बोनस एकमुष्ट प्राप्त गर्ने सुविधा प्रदान गर्दछ। १५ वर्ष बीमा गरेमा ५ वर्षमा बीमाङ्कको २५%, १० वर्षमा अर्को २५%, १५ वर्षमा बाँकी ५०% र आर्जन गरेको बोनससहित भुक्तानी दिइन्छ । २० वर्ष बीमामा १० वर्षमा २५%, १५ वर्षमा २५% र बीमा अवधि भुक्तानी अर्थात् २० वर्षमा बाँकी ५०% र बोनससमेत भुक्तानी दिइन्छ । २५ वर्ष बीमामा, १० वर्षमा १०%, १५ वर्षमा १५%, २० वर्षमा २५% र बीमा अवधि भुक्तानी अर्थात् २५ वर्षमा बाँकी ५०% र आर्जित बोनस सहित एकमुष्ट रकम भुक्तानी दिइन्छ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ जसमा अर्धवार्षिक, त्रैमासिक र मासिक भुक्तानीमा क्रमश: ३%, ४% र ५% थप शुल्क लाग्नेछ । बीमा लागू भएको तीन वर्षको बीमाशुल्क भुक्तानी पछि समर्पण मूल्यको ९०% सम्म बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइनेछ । बीमालेख चालू रहन्जेल यो सुविधाको उपभोग पटक-पटक गर्न पाइनेछ । कर्जाको ब्याजदर कम्पनीको प्रचलन अनुसार कायम हुनेछ । कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टी नगरी पूरा बीमाङ्क तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइनेछ । यस योजनामा रु. १ प्रति हजार थप तिरेर रू. ७५,००,०००/- सम्मको दुर्घटना मृत्यु लाभ (ADB) को फाइदा लिन सकिनेछ ।

बाल बच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा
3

बाल बच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा

विवरण

“अभिभावकको सुरक्षा, बालबालिकाको उज्ज्वल भविष्य।” यस योजनामा अभिभावक वा संरक्षकको जीवन बीमा गरी बालबालिकालाई इच्छाइएको व्यक्तिका रूपमा समावेश गरिन्छ, जसबाट अभिभावकको अनुपस्थितिमा समेत बालबालिकाको भविष्यका लागि आर्थिक आधार सुरक्षित गर्न सहयोग पुग्दछ।यो बीमा अभिभावक वा संरक्षकले जुन बालबालिकाको हितमा बचत गर्न खोजेको हो सो बालबालिकालाई इच्छाइएको व्यक्तिमा राखी आफ्नो जीवन बीमा गराउनु पर्दछ र अन्य जीवन बीमा योजनाको जस्तै तोकिएको समयमा बीमाशुल्क तिर्दै जानु पर्छ । निर्धारित अवधि अगावै बीमितको मृत्यु भएमा बीमाशुल्क तिर्नुपर्दैन । तर बीमालेखमा लेखिएको बीमाङ्क र आर्जित बोनसको भुक्तानी निर्धारित अवधि समाप्त भएपछि मात्र गरिन्छ । यदि जुन बच्चाको नाममा बीमा गरिएको छ उसको बीमा समाप्त हुनु अगावै मृत्यु भएमा उसको नाममा रहेको बीमा अर्को बालबच्चाको नाममा नामसारी गर्ने वा समर्पण मूल्य लिने हक अभिभावक वा संरक्षकमा रहन्छ । यस योजनामा रु. १ प्रति हजार थप तिरेर रू. ७५,००,०००/- सम्मको दुर्घटना मृत्यु लाभ (ADB) को फाइदा लिन सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ जसमा अर्धवार्षिक, त्रैमासिक र मासिक भुक्तानीमा क्रमश: ३%, ४% र ५% थप शुल्क लाग्नेछ । बीमा लागू भएको तीन वर्षको बीमाशुल्क भुक्तानी पछि समर्पण मूल्यको ९०% सम्म बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइनेछ । बीमालेख चालू रहन्जेल यो सुविधाको उपभोग पटक-पटक गर्न पाइनेछ । कर्जाको ब्याजदर कम्पनीको प्रचलन अनुसार कायम हुनेछ ।

मेरो जीवन बीमा
15

मेरो जीवन बीमा

विवरण

"कम लागतमा उच्च सुरक्षा — तपाईंको जीवन, परिवार र आर्थिक दायित्वको भरोसायोग्य सुरक्षा ,आजको सानो बीमाशुल्क, भोलिको ठूलो आर्थिक सुरक्षा।" तपाईंको जीवनसँग जोडिएको ऋण तथा परिवारको आर्थिक भविष्यलाई सुरक्षित बनाउन व्यक्तिगत म्यादी जीवन बीमा रोज्नुहोस्। कम बीमाशुल्कमा उच्च जीवन बीमा सुरक्षा प्रदान गर्ने यस योजनाले बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकम इच्छाइएको व्यक्ति वा हकवालालाई प्रदान गरी परिवारलाई आर्थिक भारबाट जोगाउन सहयोग गर्दछ।

जीवन बन्धु जीवन बीमा
2

जीवन बन्धु जीवन बीमा

विवरण

“एक बीमा, दोहोरो लाभ, जीवनभरको भरोसा।” जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना नेपाली बीमा बजारमा लोकप्रिय सरल व्यवहारीक र बीमितको मृत्युपछि पनि सहयोगी हुने जीवन बीमा योजना हो ।यस बीमा योजनामा सावधिक र आजिवन गरि दुवै जीवन बीमा योजनाका गुणहरु विद्यमान रहेका छन् ।यस योजनामा बीमित बीमा अवधिसम्म जीवित रहेमा निजले अवधि समाप्त भएपछि एकपटक र निजको मृत्युपछि इच्छाइएको व्यक्ति वा नजिकको हकवालाले अर्को पटक गरी 2 पटकसम्म बीमा दावी लिन पाउने व्यवस्था रहेको छ । जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजनाका मूलभूत विशेषताहरु – 1.न्युनतम प्रवेश उमेर 18 वर्ष र अधिकतम प्रवेश उमेर 65 वर्ष तथा बीमालेख अवधि न्युनतम 5 वर्षदेखि अधिकतम 52 वर्षसम्मको हुनेछ । 2. अवधि भुक्तानी मितिमा पुरै बीमाङ्क र बोनस प्राप्त गर्न सकिनेछ तथा अवधि भुक्तानीपश्चात पनि बीमाङ्क बराबरको आजीवन जीवन बीमा सुविधा प्राप्त हुनेछ । पुरै अवधि बीमाशुल्क भुक्तानी भएको बीमितको मृत्युपछि निजले इच्छाइएको व्यक्ति र इच्छाइएको व्यक्ति नभएमा नजिकको हकवालाले नियमानुसारको बीमाङ्क बराबरको आजीवन जीवन बीमा दावी स्वत: प्राप्त गर्नेछ तर सो वापत थप बीमाशुल्क तिरिरहनुपर्दैन । 3. बीमाङ्क रु.2,00,000/- सम्मको बीमा गर्दा बीमाशुल्कमा छुट नभएको रु.2,01,000/- देखि रु.5,00,00/- सम्म बीमाशुल्कमा रु. 1 प्रतिहजार तथा बीमाङ्क रु. 5,01,000/- भन्दा बढीको बीमा गर्दा बीमाशुल्कमा रु.2 प्रतिहजार छुटको व्यवस्था कायम गरिएको छ ।यद्यपि कम्पनीले बीमितको दोहोरो जीवन बीमा दायित्व बहन गर्ने भएकोले अन्य बीमालेखको तुलनामा बीमाशुल्क दर केही अधिक हुनु स्वभाविक छ । 4.इच्छाएको व्यक्तिमा एक वा एकभन्दा बढि व्यक्ति पनि राख्न पाइनेछ । 5.बीमाशुल्क भुक्तानी गर्दा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिनेछ। वार्षिक भुक्तानीको प्रिमियममा 2%, अर्धवार्षिकमा 1% छुट दिइनेछ ।साथै मासिक भुक्तानीमा 5% अतिरिक्त शुल्क लाग्नेछ । 6. बीमा लागू भएको 3 वर्षको बीमाशुल्क भुक्तानी पछि बीमालेख धितो राखी समर्पण मूल्यको 90% सम्म कर्जा सुविधाको उपभोग गर्न पाइनेछ ।बीमालेख चालु रहुञ्जेल कर्जा सुविधाको उपभोग पटक पटक गर्न पाइनेछ । कर्जाको व्याजदर कम्पनीको प्रचलन अनुसार कायम हुनेछ । 7. बीमा अवधि समाप्त भएपछि बीमितलाई बीमाङ्क र आर्जित बोनस एकमुष्ट प्रदान गरिनेछ। ८.बीमा अवधिसम्म सावधिक र सो अवधिपछि आजीवन बीमाका लाभहरु समेटिएको यस बीमा योजनाबाट दुवै योजनाको फाइदा लिन सकिनेछ । 9.यस बीमा योजनाले जीवनकालका लागि र मृत्युपछि पनि पारिवारिक दायित्व पुरा गर्ने विश्वासका साथ कम्पनीले यो योजना ल्याएको हो । 10. स्वास्थ्य परीक्षण कम्पनीले तोके बमोजिमको व्यवस्था अनुसार गर्नुपर्नेछ ।

 सामुहिक सावधिक जीवन बीमा
11

सामुहिक सावधिक जीवन बीमा

विवरण

“कर्मचारीको भविष्य सुरक्षित, संस्थाको प्रगति सुनिश्चित।” सामूहिक सावधिक जीवन बीमा संघ–संस्था, वित्तीय संस्था, उद्योग तथा विभिन्न कार्यालयहरूले आफ्ना कर्मचारीहरूको सामूहिक जीवन जोखिम सुरक्षणका लागि लिन सक्ने प्रभावकारी जीवन बीमा योजना हो। संस्थाले आफ्ना कर्मचारीहरूको जीवन बीमा गरिदिँदा कर्मचारीहरूको मनोबल, प्रतिबद्धता तथा संस्थाप्रतिको विश्वास बढाउन सहयोग पुग्नुका साथै सकारात्मक कार्य वातावरण र उत्पादकत्व अभिवृद्धिमा समेत योगदान पुग्दछ। यस योजनामा कर्मचारीहरूको बीमा शुल्कमा बीमा अवधिभर थप ५% संस्थागत छुट उपलब्ध रहेको छ। साथै, रु. १ प्रति हजार थप बीमाशुल्क भुक्तानी गरी अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिनेछ। त्यसैगरी, बीमालेख धितो राखी समर्पण मूल्यको ९०% सम्म कर्जा सुविधा लिन सकिने व्यवस्था रहेको छ। बीमालेख चालु रहँदासम्म यस कर्जा सुविधाको पटक–पटक उपयोग गर्न सकिने भएकाले यो योजना कर्मचारीको जीवन सुरक्षा तथा आवश्यकताका समयमा आर्थिक सहयोग प्रदान गर्ने बहुउपयोगी कर्मचारी कल्याणकारी बीमा योजनाको रूपमा उपयोगी रहेको छ।

सावधिक जीवन बीमा
1

सावधिक जीवन बीमा

विवरण

जीवनको सुरक्षा, भविष्यको बचत र आर्थिक आवश्यकताको भरोसा—सावधिक जीवन बीमा। सावधिक जीवन बीमा नेपालको सन्दर्भमा अत्यन्त लोकप्रिय जीवन बीमा योजना हो । यसका मूलभूत विशेषताहरू निम्नानुसार रहेका छन्:- यो योजनामा प्रवेश गर्ने न्यूनतम उमेर: १८ वर्ष । यो योजनामा समावेश हुने अन्तिम उमेर: ६० वर्ष । कम्तिमा ५ वर्षको अवधि राखेर बीमा गर्न सकिनेछ । बढीमा आफ्नो उमेर ६५ वर्ष पुग्न जति वर्ष बाँकी छ त्यति नै अवधि बराबरको बीमा गर्न सकिनेछ । बीमा गर्ने रकम (बीमाङ्क) मा कुनै हदबन्दी नभएको । आफ्नो आयश्रोत र आवश्यकता अनुसार बीमाङ्कको बीमा गर्न सकिनेछ । इच्छाइएको व्यक्तिमा एक वा एकभन्दा बढी व्यक्ति पनि राख्न पाइनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ जसमा अर्धवार्षिक, त्रैमासिक र मासिक भुक्तानीमा क्रमशः ३%, ४% र ५% थप शुल्क लाग्नेछ । बीमा लागू भएको तीन वर्षको बीमाशुल्क भुक्तानी पछि समर्पण मूल्यको ९०% सम्म बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइनेछ । बीमालेख चालू रहन्जेल यो सुविधाको उपभोग पटक-पटक गर्न पाइनेछ । कर्जाको ब्याजदर कम्पनीको प्रचलन अनुसार कायम हुनेछ । बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क र आर्जित बोनस एकमुष्ट प्राप्त गर्नेछ । बीमालेख चालू छँदै बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्ति/हकवालाले बीमाङ्क र आर्जित बोनस एकमुष्ट प्राप्त गर्नेछ । यस योजनामा रु. १ प्रति हजार बीमाशुल्क थप तिरेर बीमाङ्क बराबर वा बढीमा ७५,००,०००/- सम्म दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit) को फाइदा लिन सकिनेछ ।

राष्ट्रसेवक सावधिक  जीवन बीमा
13

राष्ट्रसेवक सावधिक जीवन बीमा

विवरण

“राष्ट्रसेवकको जीवन सुरक्षा, परिवारको आर्थिक भरोसा।” राष्ट्रसेवक कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा यो बीमा योजना नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षित भविष्यको साथै कर्मचारीहरुको आर्थिक सुविधालाई ध्यानमा राखेर कार्य प्रति आकर्षित, उत्प्रेरित र बफादार बनाउनको लागि गरिने बीमा योजना हो।“राष्ट्रसेवक” भन्नाले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई बुझाँउदछ र सो शब्दले सावधिक जीवन बीमा योजनाको सुविधा पाउने सेवाको पदमा बहाल रहेको व्यक्तिलाई समेत जनाउँछ। हाल निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सामुहिक विद्यालयका शिक्षक र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको लागि यो बीमा योजना लागु गरिएको छ। राष्ट्रसेवक कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमाका मूलभूत विशेषताहरु – • राष्ट्रसेवक कर्मचारीहरुको लागि विशेष गरी बीमाङ्क रकम, बीमा अवधि र बीमाशुल्क नेपाल सरकारले नै निर्धारण गरे बमोजिमको हुनेछ । • यो योजनाको अधिकतम बीमा अवधि 20 वर्ष वा बीमाको उमेर हद ७० वर्ष राखिएको छ। • यो योजना अन्तर्गत रहेका बीमितहरु मुनाफामा सरिक हुनेछन। • यस बीमा योजनामा बीमित व्यक्तिको राजिनामा वा अवकाश पश्चात पनि बीमालाई व्यक्तिगत बीमा तर्फ निरन्तरता दिन सकिनेछ । • यस योजनामा संलग्न कर्मचारीले बीमा निरन्तरता पश्चात बीमालेख धितो राखी ऋण सुविधा लिन पाउने व्यवस्था छ ।

वैदेशिक रोजगार जीवन बीमा
16

वैदेशिक रोजगार जीवन बीमा

विवरण

“विदेशमा रोजगारी, परिवारको सुरक्षित भविष्य-वैदेशिक रोजगार म्यादी जीवन बीमा।” यस कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा शुरु गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा भनेको रोजगारीको लागि विदेश जाने नेपाली कामदारहरुका लागि अनिवार्य जीवन बीमा हो। श्रम स्वीकृति (Labour Permit) लिनुअघि यो बीमा गर्नुपर्ने व्यवस्था रहेको छ। वैदेशिक रोजगारमा जाने नेपाली नागरिकको लागि रोजगारको क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गरि सामाजिक सुरक्षा कायम गर्न तथा वैदेशिक रोजगारमा जाने नेपाली बीमितको हक हित सुरक्षण गर्ने उद्देश्यले यो जीवन बीमा प्रयोजनमा ल्याइएको हो । श्रम इजाजत प्राप्त व्यक्तिले ई-सेवा मार्फत आफ्नो राहदानी नम्बर प्रयोग गरि बीमा गर्न सकिनेछ। साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि ई-सेवाबाट सम्बन्धित कामदारको लागि बीमा गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाका विशेषताहरु- • बीमाशुल्क गणना बीमा अवधि र बीमितको उमेरको आधारमा निर्धारण गरिन्छ । बीमा अवधि विदेशमा काम गर्न जाने समयअनुसार १ वर्ष वा सोभन्दा बढी अवधिको हुनेछ। • बीमा अवधिभित्र बीमितको मृत्यु भएमा तोकिएको बीमाङ्क रकम हकवालालाई प्रदान गरिन्छ। • यस योजनामा दुर्घटना तथा घातक रोगसम्बन्धी अतिरिक्त सुविधा पनि रहेको छ। • यस योजनामा स्थायी पूर्ण अशक्तता तथा आंशिक पूर्ण अशक्तता सम्बन्धि सुविधा पनि रहेको छ । • योजनामा घातक रोग उपचार सुविधा तथा दुर्घटना बाट लागेको चोटपटकको लागि आवश्यक औषधोपचार खर्च समेतको व्यवस्था गरिएको छ ।

आजीवन जीवन बीमा
10

आजीवन जीवन बीमा

यो योजनाको अहिलेसम्मको तथ्याङ्क उपलब्ध छैन।

वात्सल्य जीवन बीमा
8

वात्सल्य जीवन बीमा

यो योजनाको अहिलेसम्मको तथ्याङ्क उपलब्ध छैन।

बाल उमङ्ग जीवन बीमा
6

बाल उमङ्ग जीवन बीमा

यो योजनाको अहिलेसम्मको तथ्याङ्क उपलब्ध छैन।

निष्क्रिय बीमा योजनाहरू

अब नयाँ सदस्यताको लागि उपलब्ध नभएका योजनाहरू।

हाम्रो जीवन बीमालेख
14

हाम्रो जीवन बीमालेख

म्यादी जीवन बीमा
4

म्यादी जीवन बीमा

person_add
प्रवेश आयु
date_range
बीमा अवधि
hourglass_top
परिपक्वता आयु
payments
प्रिमियम तिर्ने अवधि